चितवन विशेष

चितवनका नेवार समुदायको नेवारी संस्कृति संरक्षणबारे अन्तरक्रिया

Banner

चितवन, फागुन ९-

चितवनमा बस्ने नेवारी समुदायका विभिन्न संघसंस्थाहरुको बीचमा संस्कृति संरक्षणबारे अन्तक्रिया भएको छ ।

नेवा देय दबु चितवनको गुठी, समाज, खलः पुचःहरुको अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका सबै जात जातिको साझा थलो भएको बताएका छन् ।

भरतपुरमा सबै जात जाति, धर्म संस्कृति र रितिरिवाज भएका समुदायका मानिसहरुको बसोबास छ, त्यसैले भरतपुर सबैको साझा फूलबारी हो उपमेयर अधिकारीले भने, ‘सयपत्री फूलको मालामा जस्तै भरतपुरमा धेरै समुदायका मानिसहरुको बसोबास रहदै आएको छ । भरतपुर महानगरपालिकाले सबै समुदायका मानिसहरूलाई एक सिक्काको दुई पाटाका रुपमा स्थापित गराउन सफल भएको छ । चितवन जिल्ला साच्चिकै ७८ औ जिल्लाको रुपमा परिचित भएको छ ।’ उपमेयर अधिकारीले भरतपुर महानगर त्यस्तो एक मात्र महानगरपालिका हो जसमा ७७ जिल्लाका सबै समुदायका मानिसहरुको बसोबास रहेको बताए । उनल भने, ‘त्यसैले हाम्रो महानगर देशकै ६ वटा महानगर मध्येमा भाग्यमानी र विकसित छ ।’

यो देशको मुल ढुकुटी अझै पनि नेवार समुदायको हातमा रहेको उल्लेख गर्दै उनले आफ्नो अधिकार प्राप्तिका लागि सधै तल्लीन भएर लाग्न नेवार समुदायलाई आग्रह पनि गरे । अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले नेवारी भाषा, कला र सस्कृतिको सरक्षण गर्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा भरतपुर–१२ का अध्यक्ष लेखराज पन्त हरि, नेवा देय दबु केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल श्रेष्ठ,सदस्य हरिकुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>