देश/प्रदेश

फागुन २५ देखि जजिराले भैरहवाबाट फेरि उडान गर्ने

Banner

काठमाडौं, फागुन ७-

कुवेतको जजिरा एयरवेजले आगामी २५ गते (मार्च ९) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान गर्ने भएको छ।

विमानस्थलबाट जजिराले पुरानै तालिका अनुसार भैरहवा–कुवेत–भैरहवा सातामा तीन उडान गर्ने भएको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान गर्नेछ। बिहान ७ः१५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८ः०५ मा कुवेतका लागि उड्ने उनले बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>