Breaking News

भरतपुरमा गुण एयरको उडान हुन दुई हप्ता लाग्ने, जहाज मर्मतको लागि सिंगापुरबाट सामान ल्याइँदै

Banner

चितवन, फागुन ७-

बिगत १० दिनदेखि बन्द रहेको गुण एयरको सेवा भरतपुर विमानस्थलमा पुनः सुरू हुन अझै दुई हप्ता लाग्ने भएको छ ।

जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइट तालिममा रहेकाले तीन दिनदेखि उडान बन्द रहेको र सुरू हुन अझै दुई हप्ताजति लाग्ने गुण एयरलाइन्स भरतपुर विमानस्थलका स्टेशन इन्चार्ज कुलराज शर्माले नारायणी अनलाइनलाई जानकारी दिए ।

‘जहाजका मर्मतका लागि सिंगापुरबाट ल्याइने आवश्यक स्पेयर पार्टस् आइपुग्न केही समय लाग्ने भयो’, उनले भने । गत वर्ष भरतपुर काठमाडौँ तीन वटासम्म उडान गरेको गुण एयरलाइन्सले अहिले एउटा मात्र उडान गरेको छ । कहिलेकाहीँ चार्टर उडान भने गुणले गर्दे आइरहेको छ ।

गुणले अहिले भरतपुरसहित तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरालगायतका गन्तव्यमा नियमित उडान गर्दै आएको छ । भरतपुरमा गुणले उडान रोकेसँगै बुद्ध एयरको उडानमा एकाधिकार कायम रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>