क्रिकेट

चितवनको खैरहनीमा प्रथम एकेडेमी लिग क्रिकेट प्रतियोगिता हुँदै

Banner

चितवन, फागुन ६-

चितवनको खैरहनी नगरपालिका-५ को गौचरन मैदानमा क्रिकेट प्रतियोगिता हुने भएको छ ।

इष्ट्रन क्रिकेट एकेडेमी (ईसीए) रत्ननगर नगरपालिका -३ टाँडीको आयोजनामा प्रथम एकेडेमी लिग क्रिकेट प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

प्रतियोगिता फागुन ११ गतेदेखि २२ गतेसम्म चल्ने ईसीएका प्रबन्ध निर्देशक आकाश थापाले बताए । प्रतियोगिता सिंगल राउण्ड रोबिन लिगका आधारमा खेलाइने उनको भनाइ थियो ।

खेलमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । विज्ञप्तिअनुसार, प्रतियोगितामा बीएम ब्लास्टर, टाँडी टाइटन्स, सौराहा स्याण्डर, नेप्लिज क्यानेडियन क्रिकेट क्लब, हानामी वारियर्स र भरतपुर इलेभेन गरी ६ टोलीको सहभागिता रहनेछ । प्रत्येक टोलीले १ वा २ जनासम्म राष्ट्रिय खेलाडी वा जिल्ला बाहिरका खेलाडीहरु टिममा समावेश गर्न सक्नेछन् ।

लिग जित्ने टोलीलाई नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा प्लेयर अफ द सिरिज विजेतालाई नगद १० हजार रुपैयाँ पुरस्कार राशीको व्यवस्था गरिएको छ । यस्तै बेष्ट बलर र बेष्ट ब्याट्सम्यानका लागि जनही पाँच हजार रुपैयाँले सम्मान गरिने विज्ञप्तिमा उल्लेख छ ।

यस एकेडेमीले १०० भन्दा बढी खेलाडीलाई नियमित प्रशिक्षण दिँदै आएको छ । खेलाडीहरुले नियमित गर्ने अभ्यास र प्रशिक्षणले मात्रै उनीहरुको करियर अघि बढ्ने विश्वास आयोजकले गरेको छ । करियर अघि बढाउन निरन्तरको अभ्यास र प्रशिक्षणसँगै उनीहरुलाई म्याच एक्सोपोजरको पनि आवश्यकता पर्ने भएकाले आगामी दिनहरुमा प्रतियोगितालाई निरन्तरता दिने आयोजकको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>