देश/प्रदेश
भुटानमा भएको अन्तर्राष्ट्रिय हाजिरी जवाफ प्रतियोगितामा नेपाल दोस्रो
०

काठमाडौं, फागुन ५-
भुटानको थिम्पुमा आयोजित अन्तर्राष्ट्रिय हाजिरी जवाफ प्रतियोगितामा नेपालले दोस्रो भएको छ । प्रतियोगितामा प्रथम स्थान श्रीलकांले हासिल गरेको हो ।
‘बे अफ बंगाल इनिसियटिभ फर मल्टी (सेक्टरल टेक्निकल एण्ड इकोनोमिक कोअपरेशन’ (बिमस्टेक) को रजत जयन्तीको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगितामा नेपालका प्रतिनिधि छात्र – छात्रा सुशांक पौडेल र आयुशा बोहराले दोस्रो स्थान हासिल गरेका हुन् । सुशांक र आयुशा दुवैजना बूढानीलकण्ठ स्कुलका विद्यार्थी हुन् ।
प्रतियोगितामा बाङ्लादेश, भुटान, ईन्डिया, म्यानमार, नेपाल, श्रीलकां र थाइल्याण्डका कुल १४ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























