देश/प्रदेश
प्रहरीको गाडी आगजनी गर्ने र मोबाइल पसल लुटपाटमा संलग्न अहिलेसम्म ३८ जना पक्राउ
०

काठमाडौं, फागुन ४-
यातायात मजदुरको प्रदर्शनका क्रममा गत आइतबार नयाँ बसपार्क र माछापोखरीमा भएको प्रहरीको गाडी आगजनी र मोबाइल पसल लुटपाटमा संलग्नहरू हालसम्म ३८ जना पक्राउ परेका छन् ।
घटनास्थलको फुटेज हेरेर काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले मोबाइल पसल लुटपाटमा संलग्न ११ जना तथा आगजनी र तोडफोडमा संलग्न २७ जनालाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरको टोलीले बुधवार आगजनी र तोडफोडमा संलग्न ६ जना र मोबाइल पसल लुटपाटमा ४ जनालाई सार्वजनिक गरेको छ । परिसरको टोलीले बिहीबार आगजनी र तोडफोडमा संलग्न थप ९ जना र लुटपाटमा संलग्न थप ४ जना पक्राउ गरेर म्याद थप्ने तयारी गरेको छ ।
यता काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले आगजनी तोडफोडमा संलग्न १२ जना र मोबाइल पसल लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























