देश/प्रदेश

बलात्कार अभियुक्त लामिछानेलाई राष्ट्रको प्रतिनिधि बनाउन कुन नैतिकताले दियोः सांसद सुमना श्रेष्ठ

०
Banner

काठमाडौं, फागुन ३-

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई राष्ट्रको प्रतिनिधि बनाउन कुन नैतिकताले दिएको भन्दै प्रश्न गरेकी छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अभियुक्‍त लामिछानेलाई नेपाली क्रिकेटको राष्ट्रिय टोलीमा समावेश गरिएकोमा प्रश्न गरेकी हुन्।

लामिछानेलाई कुन नैतिकताको आधारमा र कसरी राष्ट्रको प्रतिनिधि बनाइएको भन्दै प्रश्न सोधेकी हुन्।

‘राष्ट्रको प्रतिनिधि भएको व्यक्तित्वको ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला ? एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ?,’ उनले सोधेकी छन्, ‘यही कारण पीडितलाई झनै मानसिक अवसादमा धकेल्ने जोखिम बढेको छ। आरोप लागेका व्यक्तिले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला ?’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>