देश/प्रदेश

निर्माण सम्पन्न गर्न दुई महिनाका लागि हेटौंडा–काठमाडौं जोड्ने सडक बन्द

Banner

हेटौंडा, फागुन १-

बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द गरिएको छ ।

हेटौंडाबाट भिमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट भिमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले आजदेखि दुई महिनासम्मका लागि बन्द गरिएको हो ।

द्रुत गतिमा निर्माण सम्पन्न गर्न सडक बन्द गरिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन सिंहले जानकारी दिए ।

वैकल्पिक सडकको रुपमा हेटौंडाबाट काठमाडौं जानका लागि हेटौंडा–कुलेखानी–मार्खु–चित्लाङ–थानकोट सडक र काठमाडौंबाट हेटौंडा फर्किंदा कान्ति लोकपथ खण्डबाट यातायात सुचारु गरिएको उनले बताए । उनले सर्वसाधारणलाई यही वैकल्पिक सडक प्रयोग गर्न अनुरोध पनि गरेका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>