देश/प्रदेश

झापा पुगेर ओलीले भने- सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ

Banner

काठमाडौं,माघ २९-

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । आइतबार झापाको गौरादह ४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष ओलीले एमाले फेरि सरकारमा आएकाले ढाल्ने अनेक प्रकारका षड्यन्त्र भइरहेको बताए ।

देशमा काम नगर्ने र अरुलाई पनि गर्न नदिने तत्वहरु सक्रिय रहेको भन्दै ओलीले देशलाई माया गर्ने, देशका समस्या समाधान गर्ने शक्तिहरु पनि रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे । उनले एमाले सदैव विकासको पक्षमा रहेको र एमाले सरकारकै पालमा विकासका धेरै कामहरु भएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>