देश/प्रदेश

सेक्न बालेको कोइलाको धुवाँमा निस्सासिएर ४ दिने शिशुको मृत्यु, आमाबाबु बेहोस

Banner

हेटौंडा, माघ २९-

मकवानपुरको भीमफेदी गाउँपालिका ४ थानसिङमा कोइला बालेर सेक्दा निस्सासिएर शिशु (बालक) को मृत्यु भएको छ । हिजो कोइला बालेर सेक्ने क्रममा निस्सासिएर ४ दिनको शिशुको मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार शिशुको बाबु २६ वर्षीय रुपेश घले र आमा २२ वर्षीया विपना थिङ निस्सासिएर बेहोस भएका थिए ।

उनीहरूलाई शनिबार नै हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएको र विपनालाई थप उपचारको लागि चुरेहिल अस्पतालबाट भरतपुर पठाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>