देश/प्रदेश

१५ दिनका लागि बिहान, दिउँसो र राति गरी दैनिक साढे ६ घण्टा बेनी–जोमसोम सडक बन्द

Banner

म्याग्दी, माघ २९-

भोलीदेखी दैनिक साढे ६ घण्टा मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आगामी फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११ः३० देखि १ः३० र राति ८ः३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>