देश/प्रदेश
राष्ट्रपतिको सवारी बेला हिँडेको भन्दै डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित
०

काठमाडौं, माघ २८-
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवल्दार शम्भुजंग गुरूङलाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोशराज पोखरेलले जानकारी दिए।
‘अहिले उहाँलाई निलम्बन गरिएको छ’, उनले भने, ‘थप अनुसन्धानका लागि प्रक्रिया अघि बढेको छ।’ राष्ट्रपति सवारी भएको समयमा हिँडेको भन्दै प्रहरीले ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंहलाई कुटपिट गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























