देश/प्रदेश

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष गुरूङको निधन

Banner

सुर्खेत, माघ २७-

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरूङको निधन भएको छ। आज बिहान उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको हो।

हिजो मुटुमा दुखाइ बढेपछि उनलाई जिल्ला सदरमुकाममा रहेको मेडिकलमा ल्याइएको थियो। मेडिकलबाट समस्या नभएको भनेपछि बिहीबार राति नै फिर्ता गरिएको थियो।

शुक्रबार बिहान फेरि मुटु दुखेपछि गुरूङलाई सरकारी गाडीमै सदरमुकाम ल्याइएको थियो।

उनलाई अस्पताल पुग्नै लाग्दा हृदयघात भएको थियो। दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार बिहान ११ बजेर ३६ मिनेटमा अस्पतालमा उनलाई मृत घोषणा गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>