देश/प्रदेश

सिकाइदिने बहानामा होटलमा लगेर विद्यार्थी बलात्कार गर्ने शिक्षक पक्राउ

Banner

रुपन्देही, माघ २६-

रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको उजुरी दिएपछि शिक्षक पक्राउ परेका छन् । जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका ७ शितलनगरका ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले बुधवार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले माघ २० गते शुक्रवार देवदहको ढेकारस्थित होटलमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेका थिए । जबर्जस्तीपछि किशोरीले घटना बाहिर ल्याएकी थिइन् भने अभिभावकले प्रहरीमा जबर्जस्ती करणीविरुद्ध उजुरी दिएका थिए ।

उजुरीपछि फरार शिक्षकलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उजुरीका आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>