काठमाडौँ

परराष्ट्रमन्त्री पौड्यालद्वारा भूकम्पले ज्यान गुमाएका टर्कीका नागरिकप्रति समवेदना व्यक्त

Banner

काठमाडौं, माघ २५–

परराष्ट्रमन्त्री डा.बिमला राई पौड्यालले टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरी त्यहाँ गएको शक्तिशाली भुकम्पमा परी ज्यान गुमाउनेहरुप्रति नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गरेकी छन् ।

आज दिउँसो भएको टेलिफोन वार्तामा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएकी हुन् ।
वार्तामा पररष्ट्रमन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रसमेत गरिन् । नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरिसकेकाले यस प्रकारको प्राकृतिक विपत्तीमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता पनि परराष्ट्र मन्त्री पौड्यालले व्यक्त गरिन् ।

टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुले अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा भूकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिँदै उनले नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे ।

सोमबार बिहान टर्कीमा गएको ७ .८ म्याग्निच्युटको भुकम्प गएको थियो भने त्यसपछि पनि बारम्बार परकम्प गइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>