गण्डकी

मिस कुमाल तनहुँको उपाधि सरिस्मालाई

Banner


चितवन, माघ २२

मिस कुमाल तनहुँको उपाधि सरिस्मा कुमालले प्राप्त गरेकी छन् ।

एएस क्रियटिभ मल्टिमिडिया एण्ड इभेन्टले आयोजना गरेको मिस कुमाल तनहुँ सिजन दुईको उपाधि व्यास नगरपालिका तनहुँ वडा नं. ४ दमौलीकी कुमालले जितेकी हुन् ।

कुमालले मिस कुमाल तनहुँको प्रतियोगितामा सहभागी भएपछि आत्मविश्वास बढेको बताए । उनले भने, ‘मेरो हाइट ४.११ फिट छ । सानो हाइटका कारण मैले विभिन्न समस्या भोग्दै आएको छु । प्रतियोगितामा भाग लिन आउदा पनि कसैको साथ मलाइ थिएन । छरछिमेकले सानो उचाइ भएकाले यो पनि मिस कुमाल तनहुँमा जान योग्य छ र भनेका थिए । कन्फिडेन्टका साथ अगाडि बढे आज विजेता भए । यसले झन् आत्मविश्वास बढाएको छ ।’

विजेता कुमालले अगाडि बढ्न र सौन्दर्य प्रतियोगिता जित्न हाइटले नछेक्ने बताए । संघर्षको फल सबैले पाउनेमा जोड दिए । साथै उनले प्रतियोगिताले अबका दिनमा गन्तव्यमा पुग्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे । कुमाल परासर कलेजमा बिजनेस संकायबाट कक्षा १२ अध्ययनरत छन् । यस्तै प्रथम रनरअप विजेता तनहुँ–१० शीतल नगरकी अन्जना कुमाल भएकी छन् । सौन्दर्य प्रतियोगिताले व्यक्तित्व निखारन सहयोग पुगेको उनको भनाइ थियो । कुमाल दमौली कलेजमा शिक्षा संकायबाट स्नातक प्रथम वर्षमा अध्ययनरत रहेका छन् ।

दोस्रो रनरअपको उपाधि नविना कुमालले हात पारेकी छन् । घिरिङ गाउपालिका तनहुँ–१ की कुमालले सौन्दर्य प्रतियोगितामा भाग लिनु भविष्यको गोरेटो कोर्नु रहेको बताइन् । कृष्ण माध्यमिक विद्यालय घिरिङबाट १२ कक्षा पास गरेकी कुमालले यस्ता खालका प्रतियोगितामा भाग लिन अति आवश्यक रहेको जीकिर गरिन् । उनले भने, ‘कहाँ को सित कसरी कुरा गर्ने हामीलाई थाहा हुदैन । आफ्नो कुरा व्यक्त गर्ने आत्मविश्वास पनि कम हुन्छ । यस्तोमा यस्ता खालका प्रतियोगिताले ठूलो मद्दत गर्छ ।’ प्रतियोगितापछि आफूमा पनि आत्मविश्वास बढेको महसुस गरेको कुमालको भनाइ थियो ।

एएस क्रियटिभ मल्टिमिडिया एण्ड इभेन्टका प्रमुख सुमन कुमालले जातीय संस्कार संस्कृतिसँगै शिक्षामा सहयोग पु¥याउने उद्देश्यले इभेन्ट गरिएको बताए । उनले भने, ‘कुमाल समुदायमा अझै शिक्षाको कमी छ । सानै उमेरमा बिहे गर्ने हुँदा उच्च शिक्षा हासिल गर्नेको संख्या कम छ । यस्तो इभेन्टमा १२ पास गरेका वा पढेकाले मात्र सहभागिता जनाउन पाउने भएपछि पढ्छन् । उनीहरुमा आत्मविश्वास भरिन्छ । कुमालका संस्कार संस्कृति जोगिन्छ ।’

कुमालले मिस कुमाल तनहुँ सौन्दर्य प्रतियोगिता मात्र नभई कुमालको पहिचान जोगाउने एक माध्यम पनि रहेको बताए । प्रतियोगितामा विजयी भएकी सरिस्मा कुमाल ३० हजार रुपैयाँबाट पुरस्कृत भएकी हुन् । प्रथम रनरअप विजेता अन्जना कुमालले २० हजार रुपैँया र दोस्रो रनरअप विजेता नविना कुमालले १५ हजार रुपैँया पुरस्कार प्राप्त गरेकी छन् ।
प्रतियोगिताको तेस्रो रनरअप विमला कुमाल र भिवर च्वाइसमा अस्मिता कुमाल रहेका थिए । आयोजकका अनुसार प्रतियोगिताको विजेताले म्युजिक भिडियोमा काम गर्ने मौका पाउने छन् । दुई वर्ष नृत्य तालिम लिन पाउने छन् । यस्तै प्रथम रनरअप र दोस्रो रनरअपले नृत्य तालिम लिन पाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>