देश/प्रदेश
सोमवारसम्म पानी नपर्नेः न्यूनतम र अधिकतम तापक्रम बढ्दै
०

काठमाडौँ, माघ २१-
देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले गरेको तीन दिनको पूर्वानुमान अनुसार सोमवारसम्म पानी पर्ने सम्भावना छैन । तर हिमाली केही ठाउँमा हिमपात हुन सक्ने सम्भावना छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले पानी नै पर्ने गरी कुनै पनि उल्लेखनीय मौसम प्रणाली छैन । प्रदेश एक, बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ । आज प्रदेश एक र गण्डकीका हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ ।
तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । अरु ठाउँको मौसम सामान्यतया सफा नै छ । पर्सि सोमवारपछि मौसममा सामान्य फेरबदल देखिन सक्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























