देश/प्रदेश
बैंक खाताको रकम हराउन थालेपछि शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह
०

काठमाडौँ, माघ २१-
मोबाइलमा आउने शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीले आग्रह गरेको छ । अपरिचित नम्बरहरुबाट आउने म्यासेज पत्याएर शङ्कास्पद एप्लिकेशन खोल्दा बैंक खाताको रकम गुमेको घटना सार्वजनिक भएपछि प्रहरीले यस्तो अनुरोध गरेको हो ।
अपरिचित नम्बरमा ‘नेपाली गर्ल’ नामको एपमार्फत् कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर हिजो सार्वजनिक गरेको थियो । एप इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा ह्याकरले अनधिकृत पहुँच बनाएर डेटा चोरी गर्ने गरेको भेटिएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म २० जनाको बैंक तथा वालेटहरुमा पहुँच बनाएर ५१ लाख चोरेको भेटिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























