राजनीति
विमानस्थलको सुधार चित्तबुझ्दो छैन, ट्रलीमा ब्रेक छैन, तुरुन्त सुधार गर्न निर्देशन दिएको छुः मन्त्री किराँती
०

काठमाडौं, माघ २१-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्तबुझ्दो नभएको बताएका छन्।
शनिबार बिहान विमानस्थलको अनुगमन गर्न पुगेका उनले सुधार चित्तबुझ्दो नभएको भन्दै अझै प्रयत्न गर्न अनुरोध गरे।
‘तुलनात्मक रुपमा सुधार छ तर चित्तबुझ्दो रूपमा सुधार छैन। आज देखिएको ट्रलीमा ब्रेक छैन, तुरुन्त त्यसलाई सुधार गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘बाँकी जतिपनि त्रुटी देखेको छु, सम्बन्धित निकायमा कडाइका सच्याउन निर्देशन दिनेछु। सुधार गर्नुपर्ने धेरै कुरा छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























