देश/प्रदेश
रोजगारको प्रलोभन देखाई भारत पुर्याइएका १२ महिलालाई उद्दार गरी ल्याइयो नेपाल
०

काठमाडौं, माघ २०-
प्रलोभन देखाई भारत पुर्याइएका १२ जना नेपाली महिलाहरुको उद्दार गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, भारतीय प्रहरी भारतीय संस्था हेल्प ट्रस्ट क्रस इन्डियार नेपालस्थित शान्ति पुनर्स्थापना केन्द्रको पहलमा भारतको जयपुरबाट उद्दार गरिएको हो ।
उद्धार गरिएका १२ मध्ये २० देखि ३० वर्ष उमेर समूहका २ जना, ३१ देखि ४० वर्ष उमेर समूहका ८ जना र ४१ भन्दा माथि उमेर समूहका २ जना रहेको प्रहरीले जनाएको छ ।उनीहरुलाई माघ १९ गते नै उद्धार गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
तस्करहरुले नेपालका विभिन्न नाकाहरुबाट मंसिर र पुस महिनामा भारत पुर्याइ दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीको प्रलोभन देखाएको अनुसन्धानबाट खुल्न आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























