देश/प्रदेश

नेपाली केटी चाहिन्छ ? भन्दै म्यासेज पठाएर २० भन्दा बढीको बैंक अकाउन्ट ह्याक, ८ पक्राउ

Banner

काठमाडौँ, माघ २०-

अरुको बैंक अकाउन्ट ह्याक गरी रकम निकाल्ने गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता दिपक भारतीका अनुसार रौतहटकी रविना चौधरी, सप्तरीका दीलिपकुमार चौधरी, पर्साका राजु पटेल, साहिल परवेज, शिवशंकर राउत, अजय चौधरी भनिने नगेन्द्र साह कानु, बाराका सन्तोष कुँवर र भारतीय नागरिक अवधेशकुमार पक्राउ परेका हुन् ।

ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एसिया बैंकको खाता ह्याक गरी विभिन्न व्यक्तिका नामका इसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरेको भन्ने उजुरी गरेपछि अनुसन्धानका क्रममा उनीहरुले संगठित रुपमा नै ठगी गर्ने गरेको पाइएको हो ।

उनीहरुले ‘नेपाली केटी चाहिन्छ ?’ भन्दै मोबाइलमा म्यासेज पठाएर बैंक अकाउन्ट ह्याक गर्ने गरेको प्रहरीको दाबी छ । उनीहरुले आफैंले एप बनाएर २० जना भन्दा धेरैलाई ठगेको पत्ता लागेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>