देश/प्रदेश

परराष्ट्रमन्त्री पौड्याल कोलम्बो प्रस्थान

Banner

काठमाडौँ, माघ १९-

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी छन् ।

परराष्ट्रमन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेशनल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्रले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनेछिन् । यस अवसरमा उनले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>