देश/प्रदेश
नेपालको पर्यटन क्षेत्रमा चहलपहल बढ्दै, एक महिनामा भित्रिए ५५ हजार पर्यटक

काठमाडौं, माघ १८
नेपालमा एक महिनाको अवधिमा ५५ हजार भन्दा बढी पर्यटक नेपालमा आएका छन् ।
पर्यटन बोर्डको तथ्याङ्कअनुसार २०२३ को जनवरीमा विभिन्न विदेशी मुलुकबाट ५५ हजार ७४ पर्यटन नेपाल आएका हुन् ।
जसमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् । जनवरीमा भारतबाट १६ हजार ४६३ पर्यटक आएका छन् । नेपालमा आएको पर्यटक संख्यामा अमेरिका दोस्रो स्थानमा छ । अमेरिकाबाट ६ हजार ५६१ पर्यटक नेपाल आएका छन् ।
अष्ट्रेलियाबाट तीन हजार ४४१, बंगलादेशबाट दुई हजार ४६८ पर्यटन नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । महामारीको कारण २०२० र २०२१ मा तहसनहस बनेको थियो ।
गत वर्ष २०२२ को जनवरीको तुलनामा यस वर्ष पर्यटक आगमनमा तेब्बर बृद्धि भएको हो । गत वर्षको जनवरी १६ हजारमा पर्यटक नेपाल भित्रिएका थिए । ‘अहिलेको तथ्याङ्कअनुसार पर्यटन आगमन लयमा आएको छ । यो एकदम राम्रो हो । आगामी दिनको लागि आशाको को कुरा हो’, पर्यटन बोर्डको प्रवक्ता मनिराम लामिछानेले भने ।

























