राजनीति
गृह मन्त्रालयका कारण सकेसम्म गठबन्धन नटुटोस्: प्रधानमन्त्री प्रचण्ड
०

काठमाडौं, माघ १७-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ ।
माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई यसबारे जिज्ञासा राखेका थिए । ‘हामी सल्लाह गर्दैछौं । सकेसम्म यो (गठबन्धन) नटुटोस् भन्ने मेरो कोशिस छ,’ जवाफमा प्रधानमन्त्रीले भने ।
पार्टीको पदाधिकारी बैठकमा रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयबारे निर्णय नलिन सुझाव आएको समेत प्रचण्डले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























