राजनीति
सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गर्दा राप्रपा नेपालका उपाध्यक्ष पक्राउ
०

काठमाडौं, माघ १७-
राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारस्थित दक्षिण गेटबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।
उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीकोविरुद्धमा दक्षिण गेटमा उनले नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उनले शाहीलाई बुझाउन भनि साथमा लगेको भ्रष्टाचार सम्बन्धी उजुरी पनि दक्षिण गेटमै च्यातेर फालेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























