देश/प्रदेश

२०८० सालमा कुन महिनामा कति छन् विवाहका साइत ?

Banner

काठमाडौं, माघ १७–

सनातन धर्मावलम्बीको प्रचलनमा रहेको ज्योतिषशास्त्रअनुसार वैशाख, जेठ, असार, मंसिर, माघ र फागुनमा विवाहका साइत निस्किन्छ। चतुर्मासअन्तर्गत साउन, भदौ, असोज र कात्तिकमा निस्किँदैन। यस्तै पुस र चैत महिनामा पनि विवाहको मुहूर्त्त निकालिँदैन।

नेपाल पञ्चांग निर्णायक विकास समितिद्वारा मान्यता पाएर प्रकाशित भई हालै सार्वजनिक २०८० सालको पात्रोअनुसार वैशाखमा पर्याप्त साइत छैन। अघिल्लो वर्षदेखि नै वृहस्पति ग्रह अस्त रहेको १५ मात्र उदय हुने भएकाले १९ गतेदेखि मात्रै साइत निकालिएको छ।

जेठ र मंसिरमा पर्याप्त साइत रहे पनि असार, माघ र फागुनमा त्यति साइत निस्किएको छैन।

हेर्नुहोस्, कुन महिना कति गते छ, विवाहको साइत—

वैशाख— १९, २०, २७ र २८ गते।

जेठ— २, ६, ७, १५, १६, २०, २२, २४ र २९ गते।

असार— ७, ८ र ११ गते।

मंसिर— १२, १३, १८, २१, २३, २८, २९ र ३० गते।

माघ— २, १६, १७, २१, २३ र २९ गते।

फागुन— १९, २१ २२, २३ र २४ गते।

व्रतबन्धको साइत

वैशाख—२४ गते।

जेठ— ८, १०, २२ र २५ गते।

असार— ४ गते।

चैत— ७, ८ र १४ गते ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>