देश/प्रदेश

चेकिङमा रहेका प्रहरीको हात भाँचेर भागेको आरोपमा अटो व्यवसायी सौरभ थापा पक्राउ

Banner

पोखरा, माघ १६-

प्रहरीको हात भाँचेर भागेको आरोपमा कास्की प्रहरीले एक अटो मोबाइल व्यवसायी पक्राउ गरेको छ ।

चेकिङमा रहेका प्रहरीलाई हात भाँचिदिएको (अभद्र व्यवहार गरेको)आरोपमा पश्चिमाञ्चल डिलर्स एसोसिएसनका सदस्य सौरभ थापालाई प्रकाउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी सुवास तिमिल्सिनाले पक्राउ परेका २५ वर्षीय थापा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष ध्रुव थापाका छोरा रहेको जानकारी दिए।

पोखरा रामबजारमा गत बिहीबार बिहान ३ बजे थापाले मदिरा सेवन गरेर गाडी चलाउँदा गाडीको ठक्करबाट चेकिङमा बसेका प्रहरीको हात भाँचिएको आरोप छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>