देश/प्रदेश

पर्साको मालपोत कार्यालयबाट सेवाग्राहीलाई अनावश्यक हैरानी गर्ने ८ जना पक्राउ

Banner

वीरगञ्ज, माघ १६-

प्रहरीले वीरगञ्जको मालपोत कार्यालय परिसरबाट ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले दीपककुमार पटेल, सन्तोषकुमार राउत, राजकुमार साह, सुशीलकुमार साह, शुभनारायण महतो कोइरी, धमेन्द्रकुमार सहनी, सञ्जय चौहान र हरिओम गुप्तालाई पक्राउ गरेको हो ।

मालपोत कार्यालयमा सेवाग्राहीको फाइल बोकेर भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने गरेको जनगुनासो पटक पटक आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>