देश/प्रदेश
ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोकिँदा २ जनाको मृत्यु, ६ जना घाइते
०

ललितपुर, माघ १६-
ललितपुरको ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै गएराती कार र ट्याक्सी आपसमा ठोकिदा २ जनाको मृत्यु भएको छ । ६ जना भने घाइते भएका छन् ।
दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार २ गरी ८ जना घाईते भएका थिए । ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ बर्षीय सरोज कुमार बिक र कारमा सवार काठमाडौंको कलंकी बस्दै आएका मोरङका अन्दाजी ३५ बर्षीय धन बहादुर बस्नेतको उपचारको क्रममा बि एण्ड बि अस्पताल मृत्यु भएको हो ।
अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका मध्ये कार चालक कलंकी बस्ने झापाको बिर्तामोडका ३५ बर्षीय बिर बहादुर बिकको अवस्था गम्भीर रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























