देश/प्रदेश
थुनुवा कक्षको पर्खाल भत्काएर विभिन्न ६ मुद्दाका अभियुक्त फरार, खोजी कार्य जारी
०

जनकपुरधाम, माग १६-
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ अभियुक्त फरार भएका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार लागूऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोषण यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरिविक सिंह तथा हातहतियार मुद्दाका रोषण महतो र शंकर सिंह फरार भएका हुन् ।
प्रहरी कार्यालयबाट राति खाना खाएर सुतेका अभियुक्तहरू मध्यरातमा फरार भएका हुन् । फरार अभियुक्तहरूको खोजी भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























