खेलकुद

उपाधि होडमा रियल मड्रिडलाई धक्का

Banner

काठमाडौं, माघ १६–

रियल सोसिडाडसँग घरेलु मैदानमा बराबरीमा रोकिएपछि साबिक विजेता रियल मड्रिडको उपाधि होडमा ठूलो धक्का लागेको छ।

गोलरहित बराबरीमा रोकिएपछि रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ५ अंकले पछि परेको हो।

बार्सिलोनाले शनिबारलाई जिरोनालाई हराउँदै शीर्ष स्थानमा पकड बलियो बनाएको थियो। आइतबार राति भएको खेलमा ब्राजिलियन विंगर भिनिसियस जुनियरले गोलका लागि तीनवटा सुन्दर अवसर पाएका थिए।

तर, सोसिडाडका गोलकिपर एलेक्स रेमिरोले एकपछि अर्को बचाऊ गर्दै घरेलु टोलीलाई निराश बनाएका थिए। बराबरीपछि रियल ४२ अंकसहित दोस्रो स्थानमा रहेको छ भने सोसिडाड ३९ अंकसहित तेस्रो स्थानमा छ।

आइतबार नै ओसासुनालाई हराएको एट्लेटिको मड्रिड अंक तालिकामा चौथो स्थानमा छ। एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>