चितवन विशेष

चितवनको चित्रवन नेचर क्योरको उपचारपछि पाल्पाकी रीमाले पाइन् नयाँ जीवन

Banner

पूजा ढकाल

चितवन, माघ १५–

पाल्पाबाट अचेत अवस्थामा चितवन आएकी रीमा विक नयाँ जीवन पाएर घर फर्किएकी छन् ।

भरतपुर महानगरपालिका – १२ स्थित आस्था चोकमा रहेको चित्रवन नेचर क्योर हस्पिटलमा आफ्नो सफल उपचार गराएर उनी गत बुधबार घर फर्किएकी हुन् ।

१६ वर्षीया रीमा कात्तिक १४ गते परिवारसँग मनकामना दर्शन गर्न जाने क्रममा गाडी दुर्घटनामा परी घाइते भएकी थिइन् । दुर्घटनामा परेपछि अचेत अवस्थामा पुगेकी रीमालाई सो समय आफूलाई के भएको थियो भन्ने केही थाहा नै नभएको बताइन् । उनी भन्छिन्, ‘मलाई यस नेचर क्योर ल्याउन भन्दा पहिले पनि हस्पिटलमा राखिएको थियो रे ! तर, मलाई भने थाहा नै भएन । त्यति मात्रै नभएर थप उपचारको लागि यहाँ आउदा पनि मलाई के भएको छ ? के भएको छैन ? भन्ने केही नै थाहा थिएन । यहाँ आएर उपचार गरेपछि भने छोटो समयमै आफूमा धेरै सुधार आयो । आफूले के गर्न सक्छु, के गर्न सक्दिन भन्ने थाहा भयो ।’ त्यस्तै यहाँको उपचारपछि पछिल्लो सयम आफै खान, बोल्न सकेको र लठ्ठीको साहारामा हिड्न पनि सकेकोले अब घर फर्के पछि छिट्टै बिना सहारा स्कुल जाने उनको विश्वास छ । अहिले आफूमा क्रमिकरुपमा परिवर्तन आएको देख्दा धेरै खुसी लागेको र अब कक्षा १० को पढाइ पनि निरन्तर रुपमा अगाडि बढाउने उनको भनाइ छ ।

परिवारसँगै मनकामना गएर दर्शन गर्ने रहर थियो । तर, दुर्घटनाको कारण पूरा नभएको उनी बताउँछन् । रीमाकी आमा सिता माया विक भन्छिन्, ‘ मैले दुर्घटनामा परेर घाइते भएपछि छोरीलाई उपचारको लागि कात्तिक १४ गते पुरानो मेडिकल कलेज भरतपुर भर्ना गरेकी थिएँ । मैले छोरीलाई उपचारको लागि मेडिकल कलेजमा पूरै दुई महिना राखे प्रश्चिात थेरापीको लागि नेचर क्यरमा ल्याएको हुँ । ’ त्यस्तै अस्पतालमा भेट्न आउने तथा यहाँका अन्य बिरामीले भने छोरीलाई मेसिनले स्वास दिएर राखेको भन्ने गर्थे भने केहीले त नानी अब छैन गाडी पठाइ दिँदा हुन्छ समेत भन्ने गर्थे । तर, शरीरमा एक मुठी स्वास रहुन्जेल आश लाग्ने रहेछ । आफ्नो आँखा अगाडि सन्तानको यस्तो अवस्था देख्न पनि नसकिँदो रहेछ । त्यसैले डाक्टरको सल्लाह र सुझाव अनुसार मैले छोरीलाई पुस १४ गते चित्रवन नेचर क्योर ल्याएको हुँ । छोटो समयमै ठीक भयो’ उनको भनाइ छ ।

सीताले दिएको जानकारी अनुसार रीमालाई नेचर क्योर ल्याउन भन्दा अगाडि उनी हिड्न, खान, बोल्नदेखि लिएर सजिलै स्वास फेर्न पनि सक्थिनन् र यहाँ ल्याएपछि पनि घाँटीमा प्वाल पारेर पाइपबाट स्वास फेर्न लगाइन्थ्यो । तर, अहिले उनी स्वास फेर्न देखि लिएर हिड्न, बोल्न खान, सामान्यरुपमा स्वास फेर्न सक्छिन् ।

सीतामाया चित्रवन नेचर क्योर हस्पिटलको उपचार विधिले आफ्नो एक मात्र सन्तान ठिक भएकोमा खुसी व्यक्त गर्दै यहाँ बिरामीलाई पारिवारिक वतावरणमा उपचार गरिने भएकोले एक पटक यहाँ बिरामी ल्याएर उपचार गर्न अनुरोध गर्छिन् । रीमा सीतामायाको एक मात्र सन्तान हुन् र उनी पुरानो मेडिकल कलेज भरतपुर दुई महिना तथा चित्रवन नेचर क्योर हस्पिटलमा एक महिनाको सफल उपचारपछि पाल्पा फर्किएकी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>