देश/प्रदेश
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमनको साइट नचल्दा उडान ठप्प
०

काठमाण्डौ, माघ १४-
धेरैजसो सरकारी कार्यालयका वेबसाइट डाउन भएका छन् । सर्भरमा आएको समस्याका कारण धेरैजसो सरकारी साइट डाउन भएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, विभाग लगायतका साइट चलेका छैनन् । अध्यागमन विभागको साइट समेत डाउन हुँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमनको साइट नचल्दा उडान ठप्प भएका हुन् ।
अध्यागमनको साइट नचलेकाले विदेशबाट आएका व्यक्ति र जान लागेका व्यक्तिका कागजात सम्बन्धी काम ठप्प भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























