राजनीति
सिकेले रविको प्रशंसा गर्दै लेखेः मेरो पनि आशाको केन्द्र भएकोले #कमब्याक हिरो
०

काठमाडौं, माग १३-
जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछानेको प्रशंसा गरेका छन् ।
सर्वोच्च अदालतले नागरिकता विवादमा उनको सांसद पद नै बदर गर्ने फैसला गरेपछि राउतले रविको प्रशंसा गर्दै लेखेका छन्, ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन नहोस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।’
उनले ‘कमब्याक हिरो’ भनेर ह्यासट्याग समेत प्रयोग गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























