देश/प्रदेश
सर्वोच्चको फैसलामा हर्क साङपाङको प्रतिक्रिया: कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर ?
०

काठमाडौँ, माघ १३-
रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबारे धरानका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् । उनले रवि नेपाली भए–नभएको बारे नेपाली जनतालाई सोध्न र जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्ने धारणा राखेका छन् ।
उनले सामाजिक सञ्जालमा पहिलो प्रतिक्रियामा लेखेका छन्, ‘कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? हि इज नेपाली सिटिजन ।’
अर्को स्टाटसमा उनी लेख्छन्, ‘सर्वोच्च अदालत भन्दा ठूलो हुन्छ जनको अदालत ! नेपाली जनतालाई सोधौं, रवि नेपाली हुन् कि होइनन् ? जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्छ !’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























