देश/प्रदेश
व्यवस्थापन नगरी आफूहरूलाई हटाउन नमिल्ने भन्दै बानेश्वरमा सुकुम्बासीको सडक धर्ना
०

काठमाडौँ, माग १३-
स्थायी विकल्प विना नहटाउन माग गर्दै सुकुम्बासीहरुले नयाँबानेश्वरमा धर्ना दिएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग राख्दे बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको हो ।
डोजर चलाएर उनीहरूलाई उठिबास लगाउन लागेको भन्दै सुकुम्बासीहरू आक्रोशित बनेका छन्। राम्ररी व्यवस्थापन नगरी आफूहरूलाई हटाउन नमिल्ने उनीहरूको भनाइ छ।
त्यस्तै बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीले बस्ती खाली गर्न भन्दै महानगर र बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले भनेपछि उनीहरू लामो समयदेखि आन्दोलित छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























