देश/प्रदेश

बोतल, जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रतिबन्ध

Banner

काठमाडौँ, माघ ११-

बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिबन्ध लगाएको छ। सूचना जारी गर्दै पम्प सञ्चालकहरूलाई पेट्रोलियम पदार्थ प्रज्ज्वलनशील पदार्थ भएकाले यसलाई सीधै पम्पबाट भर्नेबाहेक खुला रूपमा बिक्री नगर्न आग्रह गरेको हो।

पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भएकाले बोतल, जर्किनजस्ता भाँडामा पेट्रोल नराख्न प्रहरीले भनेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>