देश/प्रदेश

महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्ने समितिको दोस्रो पटक म्याद थप

Banner

काठमाडौं, माघ ९

काठमाडौं महानगरले महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न गठन गरेको समितिलाई दोस्रोपटक म्याद थपको छ।

छानबिन गर्ने काम अझै पनि जारी रहेकाले थप एक साता म्याद थप गरिएको छानबिन समितिका संयोजक तथा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले जानकारी दिए।

महानगरले पुस २२ गते दुई साता म्याद थप गरेको थियो । त्यसपछि गत शुक्रबार फेरि एक साता म्याद थप गरेको हो।

महानगरले पुस ८ गते छानबिन समिति गठन गरेको थियो र समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>