देश/प्रदेश

यती एयरलाइन्सको विमान दुर्घटना ज्यान गुमाएका पत्रकार पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष

Banner

पोखरा, माघ ९-

माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटना परि मृत्यु भएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकीले अक्षयकोष निर्माण गर्ने भएको छ । सोमबार कार्यबाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी अनुसारका १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने जानकारी दिए । पौडेल नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्षसमेत हुन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>