खेलकुद

हात्तीगाडेलाई हराउँदै जनकौली एफसी क्वाटरफाइनलमा

Banner

चितवन, माघ ६–

जनकौली एफसी चितवनको कालिका नगरपालिकामा जारी निमा स्‍मृति खुला नकआउट फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज (शुक्रबार) सम्पन्न खेलमा हात्तिगाडे एफसीलाई पारजित गर्दै जनकौलीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलमा जनकौली १–० ले विजयी भयो ।

जनकौलीको जितमा सुरज चौधरीले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५५ औं मिनेटमा सुरजले गोल गरे । उक्त गोल नै जनकौलीलाई जिताउन पर्याप्त भयो । उनी खेलको म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगितामा शनिबार हाईलाइट युथ क्लब र ग्यापुर वारियर एफसी भिड्नेछन् । जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिले प्रतियोगिता आयोजना गरेको हो । १९ गतेसम्म चल्ने प्रतियोगितामा चितवन र छिमेकी जिल्लाबाट १५ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने अनेरास्ववियू कालिकाका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको मगरले बताए । प्रतियोगिता सम्पन्न गर्न चार लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>