देश/प्रदेश

बालविवाह रोक्नका लागि २० वर्ष पुगेपछि बिहे गर्ने युवतीलाई ग्याँस सिलिन्डर उपहार

Banner

काठमाडौं, माघ ६-

बाँकेमा २० वर्ष पुगेपछि विवाह गर्ने युवतीलाई ग्याँस सिलिन्डर उपहार दिने भएको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ ले बालविवाह रोक्नका लागि वडामा यस्तो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष गरिबे शेषले जानकारी दिए । वडाले जारी गरेको सूचनामा भनिएको छ, ‘वार्षिक विनियोजन बजेटबाट २० वर्ष माथिका युवतीहरुको विवाहामा उपहार स्वरुप सिलन्डर सेट उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा इच्छुक युवतीहरुले उपहार लिन प्रमाण सहित वडा कार्यालयमा जानकारी गराउनु होला ।’

वडाध्यक्ष शेषले बालविवाह रोक्ने सबै उपाय लगाउँदा पनि रोक्न नसकेकोले यस्तो योजना अघि सारिएको बताए । उनले भने, ‘यो वडामा मधेशी र मुस्लिम समुदायको संख्या धेरै छ, बालविवाह रोक्नका लागि २० वर्षपछि युवतीको बिहे होस् भनेर यस्तो जुक्ति ल्याएका हौं ।’

वडाध्यक्ष शेषले बालविवाह रोक्न गाउँपालिका र वडाले किशोरी नाटक, महिला स्वंसेवक, जनचेतना कार्यक्रम, र्‍याली जसता कार्यक्रम गर्दा पनि नसकेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>