देश/प्रदेश

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक गम्भीर घाइते

Banner

धनगढी, माघ ६-

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका-१२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुर पुनर्वासका ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अत्तरियाका अनुसार चौधरीको ट्रयाक्टरको इन्जिनमा च्यापिएर मृत्यु भएको हो ।

उनी सहचालक हुन् । दुर्घटनामा ट्रयाक्टर चालक पुनर्वास नगरपालिका-१० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएका छन् ।

उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । फाइल फोटो

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>