राजनीति
सभामुख घिमिरेको पहिलो निर्णय: सांसदहरूलाई ‘संसदीय अभ्यास र प्रक्रिया’ सबन्धीतालिम दिने
०

काठमाडौँ,माघ ६-
नवनिर्वाचित सभामुख देवराज घिमिरेले नवनिर्वाचित सांसदहरुका लागि ‘संसदीय अभ्यास र प्रक्रिया’ सबन्धी अन्तक्रिया दिने पहिलो निर्णय गरेका छन्। बिहीबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा घिमिरेले पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेका हुन्।
शपथग्रहण कार्यक्रमपछि सभामुख घिमिरे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गरेका थिए। शालिकमा माल्यार्पण गरेर सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गरेका हुन्।
हिजो (५ माघ) बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी भएका हुन्।
विपक्षमा कांग्रेस गठबन्धनबाट ईश्वरी न्यौपानेले १०० मत ल्याइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























