राजनीति

माधव नेपालको छेउमा परेपछि ओलीले ठट्टा गर्दै भने-ओहो, फेरि सँगै परिएछ !

Banner

काठमाडौं, माघ ६

शुक्रबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा नवनिर्वाचित सभामुख देवराज घिमिरेको शपथ ग्रहणमा पूर्वप्रधानमन्त्रीहरूको पनि उपस्थित रहेको छ ।

समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको उपस्थित थियो र उनीहरु एकै लहरमा बसेका थिए। एकै लहरमा बस्ने क्रममा ओलीको छेउमा नेपाल परेका थिए ।

त्यस्तै एकै ठाउँमा परेपछि ओलीले ओहो, हामी फेरि सँगै परिएछ भनेर ठट्टा गरेका छन्। ओलीको टिप्पणीप्रति नेता नेपाल मौन रहे। छेउमै रहेका भट्टराईले भने सँगै पर्नु राम्रै रहेको प्रतिक्रिया दिए।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>