राजनीति

मुक्ताकुमारी यादवलाई उपसभामुख उम्मेदवार बनाउने कांग्रेसको तयारी

Banner

काठमाडौं, माघ ६-

नेपाली कांग्रेसले उपसभामुखको पदमा मुक्ताकुमारी यादवको उम्मेदवारी दिने तयारी गरेको छ। शुक्रबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भएको बैठकमा उपसभामुखमा यादवको उम्मेदवारी दिनेबारे छलफल गरेको हो।

कांग्रेसले उपसभामुख पदमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको पार्टीका एक पदाधिकारीले जानकारी दिए। उपसभामुख पदमा उम्मेदवारी आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म दिन सकिन्छ। उनी समानुपातिकतर्फबाट कांग्रेस सांसद बनेकी थिइन्। कांग्रेसको १४ औं महाधिवेशनमा उनले सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>