राजनीति
मिटरब्याजको समस्या म समाधान गर्छु: प्रधानमन्त्री प्रचण्ड
०

काठमाडौं, माघ ६-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आाज शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
उहाँले भन्नुभयो, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छ । मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ । यसलाई मैले राम्रोसँग बुझेको छु,’ ‘यसपटक तपाईंहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।’
प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























