राजनीति

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भन्ने हाम्रो नारामात्रै होइनः लिङ्देन

Banner

काठमाडौं,माघ ५-

भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह हो’ भन्ने विषय राप्रपाको नारामात्रै नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं ऊर्जा तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले बताएका छन् । पार्टीले आयोजना गरेको एक कार्यक्रममा लिङ्देनले भ्रष्टाचार नियन्त्रणको विषयलाई व्यवहारमै कार्यान्वयन गर्नका लागि राप्रपा सरकारमा गएको दाबीसमेत गरेका छन् ।

राप्रपा केन्द्रीय सचिवालयद्वारा आयोजित पार्टीको तर्फबाट नवनियुक्त उपप्रधानमन्त्री, मन्त्रीहरू, राज्यमन्त्री, प्रदेश सभामुख, प्रदेशमन्त्रीको स्वागत र सम्मान कार्यक्रममा बिहीबार लिङ्देनले पार्टी सरकारमा सहभागी भएपछि शुभचिन्तकहरूले आलोचना गरेको विषयलाई आफूले सकारात्मक रुपमा लिएको पनि बताएका छन् । राप्रपाका नेता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले लिङ्देनको भनाइ उद्धृत गर्दै फेसबुकमा लेखेका छन्‚ “भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भन्ने हाम्रो नारा होइन, आलोचकले यसलाई नाराको रुपमा बुझेका छन् । राप्रपाले यो विषय व्यावहारिक रुपमै कार्यान्वयन गर्न र आफूलाई प्रमाणित गर्न हामी सरकारमा सहभागी भएका हौं।’ राप्रपाले ठेकेदार विक्रम पाण्डेलाई स्वार्थ बाझिने गरी सहरी विकासमन्त्री बनाएकोमा सार्वजनिक आलोचना भइरहेको बेला लिङ्देनको यस्तो प्रतिक्रिया आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>