देश/प्रदेश

सिभिल मलमा आत्मदाह गर्न खोज्ने युवकको उद्धार, ट्रमा सेन्टरबाट कीर्तिपुर मोडेल अस्पतालमा रिफर

Banner

काठमाडौं, माघ ५-

काठमाडौंको सुन्धरास्थित सिभिल मलमा आत्मदाह प्रयास युवकको सकुशल उद्धार गरिएको छ ।

सिभिल मलको भुइँ तलामा काठमाडौं महानगरपालिका-१६ का २९ वर्षीय विसङ गुरुङलेआफ्नो शरीरमा आफैले पेट्रोल छर्केर आगो लगाएका थिए । उनको शरीरमा लागेको आगो स्थानीय र सिभिल मलका सुरक्षा गार्डले मिलेर निभाएका हुन् ।

तत्कालै प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीसमेत भई उनलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ ।
साढे १२ बजे थप उपचारको लागि उनलाई कीर्तिपुर मोडेल अस्पतालमा रिफर गरिएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>