देश/प्रदेश
त्रिभुवन विमानस्थलको शौचालय सफा र आगमन कक्षलाई व्यवस्थित तथा सुरक्षित राख्न उड्डयनमन्त्रीको निर्देशन

काठमाडौँ, माघ ५-
त्रिभुवन विमानस्थल अनुगमन गर्न गएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगमन कक्ष व्यवस्थित गर्न निर्देशन दिएका छन् । अनुगमनका क्रममा विमानस्थलका शौचालयहरू सफा राख्न र आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न उनले निर्देशन दिएका हुन् ।
विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले आज बिहान विमानस्थल पुगेका मन्त्री किरातीले सरसफाइ र आगमन कक्षतर्फका लिफ्ट, स्केलेटर र ट्रयाबलेटरको अनुगमन गरेको जानकारी दिए ।
त्यस्तै विमानस्थलमा आगमनतर्फ अहिले तीन वटा लिफ्ट र एकरएकवटा ट्रयाबलेटर रहेका छन् । केही दिनअघि मात्रै एक अभिनेत्री उषा रजक त्यहाँ अड्किएर लडेकी थिइन् । उनले उक्त भिडियो टिकटकमा राखेपछि भाइरल भएको छ ।
अहिले लिफ्टहरूमा ट्रली निषेध गरिएको छ । बन्ध गर्दा झन समस्या हुने भएकोले ट्रली निषेध गरेर थप व्यवस्थित गर्न लागिएको विमानस्थलका प्रमुख ठाकुरले बताए ।

























