घटना -दुर्घटना

विमान दुर्घटनाको कारण पत्ता लगाउन फ्रान्सेली टोली घटनास्थलमा

Banner

पोखरा,माघ ४- 

पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थलमा पुगेको छ ।

एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आएको थियो । विज्ञ टोलीले घटनास्थलको अवलोकन गर्नुको साथ उडानमा संलग्नहरुसँग पनि छलफल गर्ने छ र दुर्घटनाको कारण पत्ता लगाउने छ । नेपालमा पहिलो पटक एटीआर विमान दुर्घटना भएको हो । त्यसैले विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो ।

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि पोखरामै रहेर काम थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको थियो । आयोग सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>